अतिक्रमण हटाइएपछि चिटिक्क देखियो तिनकौरिया चोक


जनकपुरधाम । कुनै पनि स्थानमा यत्रतत्र सामान फालिएपछि ती स्थान कुरुप बन्नु स्वभाविकै हो । अनि, राम्रो बाटो हुँदाहुँदै छेक्ने काम गर्ने, सामान थुपार्ने काम गरेपछि पनि कुनै ठाउँ कुरुप बन्न जान्छ । जसको ज्वलन्त उदाहरण बनेको छ धनुषाको तिनकौरिया चोक ।

जिल्लाको बिदेह नगरपालिका वडा नम्बर ६ स्थित हुलाकी सडक खण्डमा पर्ने यो चोकमा अतिक्रमण गरिएपछि बाटोको अवस्था साँघुरो मात्रै थिएन् कि यो चोक नै कुरुप बनेको थियो ।

स्थानीय युवा र प्रहरी मिलेर ती अतिक्रमण शनिबार हटाएका छन् । यहाँ सडकलाई नै अतिक्रमण गरी घरटहरा बनाउनेदेखि सडक छेउका पेटीहरुमा अनाधिकृत रुपमा सामानहरु राखिएको थियो ।

अतिक्रमण हटाएपछि चोकको रौनकता खुलेको छ । स्थानीयहरुका अनुसार अब चोक चिटिक्क देखिएको छ ।

प्रकाशित : २०७८ बैशाख २६, आईतवार ०८:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ