कोरोनाबाट आज ५२ जनाको निधन, ८८५० संक्रमित थपिए


काठमाडाैं : पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ८८ जनाको निधन भएको छ । ८८ हजार १ सय ६० सक्रिय संक्रमित छन् भने होम आइसोलेसनमा ८१ हजार ४३० जना रहेका छन् ।

आज जम्मा ८ हजार ८ सय ५० जनामा संक्रमण भएको छ । आज जम्मा १८ हजार ७८७ नमुना संकलन गरी परीक्षण गरिएको थियो ।

५ सय ६ जनाको एन्टिजेनबाट परीक्षण गरिएको हो । गत २४ घण्टामा ८ हजार ७ सय ७७ जनामा पिसिआर विधिबाट र एन्टिजेन विधिबाट ७३ जनामा कोरोना पुष्टि भएको छ ।

आज काठमाडाैं उपत्यकामा भक्तपुरमा ५ सय ७ ललितपुरमा ५ सय ३३ र काठमाडाैंमा ३ हजार १ सय ६१ गरी ४ हजार १ सय ९८ जनामा संक्रमित थपिएका छन् ।

प्रकाशित : २०७८ बैशाख २६, आईतवार १७:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ