गण्डकीका मुख्यमन्त्रीले दिए राजिनामा, नयाँ सरकार गठनका लागि आह्वान


काठमाडौं : गण्डकी प्रदेशमा बहुमतको नयाँ सरकार गठनका प्रदेश प्रमुखले ३ दिनको समय दिएकी छिन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री पदबाट पृथ्वीसुब्बा गुरुङ राजीनामा दिएकाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम ३ दिनभित्र सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

मुख्यमन्त्री गुरुङको राजीनामा स्वीकृत गरेसँगै गण्डकीमा नयाँ सरकार गठन प्रक्रिया शुरू भएको हो । गुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावउपर भोलि मतदान हुने कार्यसूची थियो ।

प्रकाशित : २०७८ बैशाख २६, आईतवार १७:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ