प्रदेश २ का १९ प्रहरी र ५६ थुनुवालाई कोरोना संक्रमण


टुडेखोज, जनकपुरधाम :

प्रदेश २ का जिल्लाहरुमा कार्यरत प्रहरी र थुनामा रहेका व्यक्तिहरुमा समेत कोरोना संक्रमण पुष्टि हुन थालेको छ । अहिलेसम्म १९ प्रहरी र ५६ जना थुनुवामा संक्रमण पुष्ट भएको हो ।

प्रदेश २ प्रहरी कार्यालयका अनुसार महोत्तरी बाहेक ७ वटै जिल्लाका प्रहरी कार्यालयमा कार्यरत प्रहरीमा कोरोना संक्रमण देखिएको छ । बारामा सबभन्दा बढी ६ प्रहरी संक्रमित भएका छन् ।

पर्सामा ५, सर्लाहीमा ३, सिरहामा २ र सप्तरी, धनुषा तथा रौतहटमा १÷१ जना प्रहरी कोरोना संक्रमित बनेको प्रदेश २ का प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए । उनका अनुसार संक्रमितमध्ये पर्साका एक प्रहरीको अक्सिजन सहायतामा उपचार भइरहेको छ । अन्यको अवस्था सामान्य छ ।

यस्तै, प्रदेशमा ५६ जना थुनुवामा पनि कोरोना संक्रमण देखिएको छ। सबैभन्दा बढी पर्सा प्रहरीको नियन्त्रणमा रहेका ३९ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, रौतहटका १०, धनुषाका ५ तथा महोत्तरी र सर्लाही प्रहरीको नियन्त्रणमा रहेका १/१ जना थुनुवामा संक्रमण देखिएको छ । सप्तरी र सिरहाका थुनुवामा हालसम्म संक्रमण देखापरेको छैन ।

संक्रमित थुनुवाहरुलाई पनि सम्बन्धित प्रहरी कार्यालयकै आइसोलेसनमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ बैशाख २६, आईतवार १८:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ