बारामा युवाहरुको कमाल : बनाए १० बेडको आइसोलेशन, अक्सिजन सुविधा पनि


रञ्जन यादव, जीतपुर :

बाराको जीतपुर सिमरा उपमहानगरपालिकाले नगरमा आईसोलेसन बनाउन चासो नदेखाएपछि युवाहरु आफै अग्रसर भई आईसोलेसन सेन्टर बनाएका छन् ।

उपमहानगरपालिका वडा नम्वर २ का युवाहरुले अक्सिजनसहितको १० बेडको आईशोलेसन सेन्टर बनाएका हुन् । कोरोना संक्रमणको रोकथाम र नियन्त्रण गर्न सम्बन्धीत निकायले चासो नदेखाएपछि आफैं आईशोलेसन सेन्टर बनाएको युवाहरु बताउँछन् ।

वडा नम्वर २ स्थित पशुपतिनगरमा रहेको श्री सरस्वती आधारभुत विद्यालयमा अक्सिजनसहितको १० शैयाको आईशोलेसन वार्ड तयार गरिएको सामाजिक अभियन्ता प्रकाश ढुंगानाले जानकारी दिए ।

उनका अनुसार आईसोलेसनको व्यवस्थापन गर्न वडा नम्वर २ को कार्यालयले हालसम्म मौखिक प्रतिवद्वता मात्र व्यक्त गरेको गरेको छ । उनले दक्ष जनशक्तिको लागी वडासंग पहल गर्ने र आईशोलेसन वार्ड सञ्चालन गरिने बताए ।
१० बेडको आईशोलेसन सेन्टरमा ३ वटा अक्सिजन ग्याससहितको सिलिण्डर राखिएको छ ।

प्रकाशित : २०७८ बैशाख २७, सोमबार ०९:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ