माधव समूहले राजिनामा नदिने, बैठकमा अनुपस्थित हुने


काठमाडौं : नेकपा एमालेका माधव नेपाल समूहका असन्तुष्ट सांसदहरुले संसदको विशेष अधिवेशनमा अनुपस्थित हुने भएका छन् ।

राजीनामको अन्तिम तयारी भन्दै बसेको बैठकले राजीनामा रोकेर बैठकमा अनुपस्थित हुने निर्णय गरेको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई माधव नेपाल समूहले आफ्नो माग पुरा गर्न आज विहान ९ बजेसम्मको समय दिएको थियो । ओलीले भने माग पुरा गरेनन् ।

तर पनि माधव समूहले सांसद पदबाट राजिनामा नदिने निर्णय लिएको छ ।

प्रकाशित : २०७८ बैशाख २७, सोमबार ११:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ