आज नेपालमा १३९ कोरोना संक्रमितको ज्यान गयो


टुडेखोज, काठमाडौं

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ९ हजार २७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १३९ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार १८ हजार ४११ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।आज १७ हजार ६२३ जनाको पीसीआर र ७८८ जनाको एन्टिजेन परीक्षण गरिएको छ । मन्त्रायका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोरोना संक्रमितको शव व्यवस्थापनको तथ्यांकका आधारमा आज १३९ संक्रमितको ज्यान गएको पुष्टि भएको छ । योसँगै कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ३ हजार ८५९ पुगेको छ ।

आज १७ हजार ६२३ जनाको पीसीआर र ७८८ जनाको एन्टिजेन परीक्षण गरिएको छ । मन्त्रायका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोरोना संक्रमितको शव व्यवस्थापनको तथ्यांकका आधारमा आज १३९ संक्रमितको ज्यान गएको पुष्टि भएको छ ।

योसँगै कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ३ हजार ८५९ पुगेको छ ।

हालसम्मको परीक्षणमा नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३ हजार ७९४ पुगेको छ । यीमध्ये ३ लाख ६ हजार ७९४ जना संक्रमणमुक्त भएका छन् । आज थप ४ हजार ७ जना संक्रमणमुक्त भएका छन् ।

देशभर ९३ हजार १४१ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित : २०७८ बैशाख २७, सोमबार १९:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ