राष्ट्रपतिद्वारा बहुमतको सरकार गठन गर्न आह्वान, ३ दिनको समय


काठमाडाैं : राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गरेकी छन् ।

उनले संविधानको धारा (७६) को २ बमोजिम वैकल्पिक सरकार गठनको आह्वान गरेकी हुन् ।राष्ट्रपतिले सरकार गठनको समयसीमा ३ दिन तोकेकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विश्वासको मत गुमाए । ओलीले विश्वासको मत गुमाएपछि वैकल्पिक सरकारको आह्वान गरिएको हो ।

आइतबार संसदमा भएको विश्वासको मतको पक्षमा ९४, विपक्षमा १२४ र १५ जना सांसद तटस्थ बसेका थिए ।

त्यस लगत्तै प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीले संविधानको धारा (७६) को २ बमोजिमको बहुमतको सरकारको प्रक्रिया सुरु गर्न माग गरेका थिए ।

प्रकाशित : २०७८ बैशाख २७, सोमबार २१:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ