सिरहाको हरकट्टी प्रहरीमाथि मदिरा तस्करीको आरोप, गाडी तोडफोड !


टुडेखोज, जनकपुरधाम :

सिरहाको औरही गाउँपालिका १ मा पर्ने सिमावर्ती गाउँ दरहियामा स्थानीयले मदिरा ओसार्न लागेको गाडी तोडफोड गरेका छन् ।

सोमवार राति करिब ११ बजे मदिरा लोड गरिएको प्र २–०१–००१च ०२३४ नम्वरको गाडी नियन्त्रणमा लिएर स्थानीय युवाहरुले तोडफोड गरेका हुन् । मदिरा भारत तस्करी गर्न लागेको युवाहरुको आरोप छ ।

घटनाबारे थाहा पाएलगत्तै जिल्लाबाट पुगेको टोलीले मदिरासहित गाडी नियन्त्रणमा लिएको बुझिएको छ । स्थानीयका अनुसार मदिरा भारत तस्करी गराउन गाडीसँगै प्रहरी चौकी हरकट्टीका इन्चार्ज पनि पुगेका थिए ।

तर सिरहाका एसपी हिराबहादुर पाण्डे भन्छन्, ‘मदिरा तस्करी गर्न लागेको नभएर एक ठाउँबाट अर्को ठाउँमा ओसार्न लागेको थियो । तर स्थानीय केहि व्यक्तिले अर्थको अनर्थ लगाएर प्रहरीलाई पनि दुव्र्यवहार गर्यो ।’

उनका अनुसार केहिदिन अगाडी त्यहाँ एकजनाको हत्या भएको थियो । घटनामा संलग्नहरु जेल पुग्यो । ति व्यक्तिको गाउँमा मदिरा पसल थियो । घटनापछि अर्को ठाउँमा सार्न खोज्दा तस्करीको आरोप लगाएर समस्यामा पार्ने प्रयास गरिएको छ ।

प्रकाशित : २०७८ बैशाख २८, मंगलवार ०७:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ