सप्तरीमा ट्रकको ठक्करले श्रीमान्- श्रीमतीको मृत्यु


राजविराज : सप्तरीको पोर्ताहामा आज विहान मालबाहक ट्रकको ठक्करबाट श्रीमान-श्रीमतीको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा हनुमाननगर कंकालिनी नगरपालिका १ भलुवाका ५० वर्षीय सत्यनारायण मण्डल र उनकी ४५ वर्षीया श्रीमती सुनिता देवीको मृत्यु भएको छ ।

आवश्यक कामले साइकलमा सवार भएर घर नजिकै रहेको बरमझिया बजार जाने क्रममा उनीहरुलाई ना ६ ख ३८६१ नम्बरको मालबाहक ट्रकले ठक्कर दिएको ईलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।

मृतकको शव हाल भारदह अस्पतालमा राखिएको छ भने पोष्टमार्टमकालागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याउने तयारी भइरहेको छ ।

उता, ठक्कर दिने ट्रक राजमार्गबाट करिब ५० मिटर तल खेतमा पुगेको छ । चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ बैशाख २८, मंगलवार ०९:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ