आज नयाँ रेकर्ड : कोरोनाबाट एकैदिन २२५ जनाको ज्यान गयो


टुडेखोज, काठमाडौं :

पछिल्लो २४ घण्टामा मंगलवार कोरोना भाइरसको संक्रमणबाट २२५ जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाद्वारा गरिएको शव व्यवस्थापनको तथ्याङ्कको आधारमा कोभिड १९ संक्रमणबाट गत २४ घण्टामा उक्त संख्यामा ज्यान गएको देखिएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ४ हजार ८४ पुगेको छ ।

मंगलबारसम्म देशभर ९७००८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ । तीमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या सर्वाधिक छ ।

सोमबार थपिएकासँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख १३ हजार १११ पुगेको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा ५ हजार २२५ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित : २०७८ बैशाख २८, मंगलवार १८:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ