जनकपुर क्षेत्रमा भारी वर्षा


टुडेखोज, जनकपुरधाम : आज एका विहानैदेखि जनकपुरधाम क्षेत्रमा भारी वर्षा भइरहेको छ । विहान करिब ४ बजेदेखि नै मेघ गर्जनसंगै वर्षा भइरहेको छ ।

आकाश बादलले ढाकेकाले अझै केहि समय वर्षा जारी रहने अनुमान छ । वर्षाको पानीले जनकपुरका कैयौं सडक नदीमा परिणत हुने देखिन्छ । ढलबाट पानी निकास नहुने गरेकाले सडक नै नदी पोखरीमा परिणत हुन्छ ।

कोरोना भाइरस रोखथाम तथा नियन्त्रणका लागि जारी गरिएको निशेधाज्ञा वर्षाले कडा बनाइदिएको छ । वर्षाले मानिसहरु घरबाट निस्किन पाएका छैन । अत्यावश्यक पसलहरु पनि बन्द छ ।

प्रकाशित : २०७८ बैशाख २९, बुधबार ०६:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ