कोरोना खर्च सार्वजनिक गर्न सिरहाका सिडिओ कणेलको निर्देशन


टुडेखोज, जनकपुरधाम : कोरोना महामारी नियन्त्रण तथा रोकमाथममा गरेको खर्चको विवरण सार्वजनिक गर्न सम्बन्धित सबै कार्यालय तथा संस्थालाई जिल्ला प्रशासन कार्यालय सिरहाले निर्देशन दिएको छ ।

डीसीसीएमसीको बैठकमा भएको निर्णय अनुसार सबै स्थानीय तह, सरकारी अस्पतालहरु, स्वास्थ्य कार्यालय र विभिन्न संस्थालाई कोरोना खर्च सार्वजनिक गर्न प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले निर्देशन दिएका हुन् । उनले जारी गरेको सूचनामा गत र चालु आवको ०७८ वैशाखसम्मको रकम, खर्च र मौज्दातको विवरण जेठ ५ गतेभित्र जिल्ला प्रशासन कार्यालयमा बुझाउन भनिएको छ ।

गत आर्थिक वर्षमा पनि प्रमुख जिल्ला अधिकारी कणेलले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गरेको खर्च विवरण सबै स्थानीय तहलाई सार्वजनिक गर्न निर्देशन दिएका थिए । तर अधिकांश स्थानीय तहले बुझाएनन् । विवरण बुझाएका सिरहा नगरपालिका, औरही गाउँपालिका, लहान नगरपालिका लगायतका भ्रष्टाचार भएको पाइएको थियो ।

समानहरु अत्यधिक मूल्यमा खरिद गरिएको पाइएपछि कतिपय स्थानीय तहमा अख्तियारले छापा मारेर कागजात समेत नियन्त्रणमा लिएको छ । तर अख्तियारले हालसम्म कारबाही गरेको छैन । भ्रष्टाचार गरेकै कारण स्थानीय तहहरुले सञ्चारकर्मीलाई समेत सूचना उपलब्ध गराउन नमानेको नेपाल पत्रकार महासंघ सिरहा शाखाका उपाध्यक्ष गणेश साह बताउँछन् ।

प्रकाशित : २०७८ बैशाख २९, बुधबार १०:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ