निषेधाज्ञा अवज्ञा गरी भोज गरेका २ बेहुला पक्राउ


पर्वत । निषेधाज्ञाका समयमा बिहे भोज चलाउने दुई बेहुलालाई पर्वत प्रहरीले पक्राउ गरेको छ । निषेधाज्ञा अवज्ञा गरेको अभियोगमा प्रहरीले जलजला २ माझफाँटबाट २३ वर्षीय प्रदीप परियार र २४ वर्षीय राजकुमार परियारलाई पक्राउ गरेको हो ।

सोमबार बिहे गरेका दुई जनाले आज एकै ठाउँमा भीड गरेर भोज चलाएको सूचना पाएपछि निषेधाज्ञा अवज्ञा गरेको कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उक्त गाउँमा कोरोनाका सक्रिय संक्रमित ७५ जना छन् ।

जिल्ला प्रशासन कार्यालयले बिहे तथा काजक्रियामा १० जना मात्रै सहभागी हुने आदेश जारी गरे पनि बिहेभोजमा ३०-४० गाउँले भेला भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप पौडेलले स्वास्थ्य मापदण्ड पालना नगरी बिहेभोज गरेको पाइएपछि दुवै बेहुलालाई नियन्त्रणमा लिइएको बताए ।

प्रकाशित : २०७८ बैशाख २९, बुधबार १७:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ