सिरहाको स्थानीय तहलाई लाश व्यवस्थापनको ठाउँ तोक्न निर्देशन


टुडेखोज, सिरहा : कोरोना संक्रमणबाट मृत्यू भएका व्यक्तिको शव (लाश) व्यवस्थापन गर्ने ठाउँ तोक्न स्थानीय तहलाई जिल्ला प्रशासन कार्यालय सिरहाले निर्देशन दिएको छ ।

कोरोनाबाट मृत्यू भएकाको शव व्यवस्थापन कहाँ गर्ने विषयमा पटक पटक विवाद देखिएको छ । त्यसैले शव गाड्ने/जलाउने विवाद रहीत स्थानको पहिचान गरी सर्वसधारण र सुरक्षा निकाय समेतमा समयमै जानकारी दिन स्थानीय तहलाई प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले निर्देशन दिएका छन् ।

यस्तै शव व्यवस्थापन गर्दा शव वाहनमा लाग्ने इन्धन र शव वाहन चालकलाई प्रोत्साहन स्वरुप १ हजार रुपैयाँ स्थानीय तहले दिने निर्णय भएको जानकारी पनि स्थानीय तहलाई गराएको छ ।

अहिले सिरहा अस्पताल र लहान अस्पतालसँग मात्र १÷१ वटा शव बाहन रहेको छ । उक्त शव वाहनलाई उचित व्यवस्थापन गर्न अस्पताललाई नै जिम्मेवारी तोकिएको प्रजिअ कणेलले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित : २०७८ बैशाख ३०, बिहीबार १०:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ