सर्लाहीमा पनि निषेधाज्ञा १० दिन थपियो, सूचनासहित


टुडेखोज, सर्लाही : सर्लाहीमा पनि निषेधाज्ञा १० दिन थप गरिएको छ । कोरोना संक्रमण बढ्दो क्रममै रहेकाले निषेधाज्ञाको समय बढाएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए ।

सर्लाही जिल्लाभर वैशाख २५ गते राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । आज गरिएको निर्णय अनुसार वैशाख ३१ गते राति १२ बजेदेखि जेठ १० गतेसम्म निषेधाज्ञा लागु हुनेछ ।

निषेधाज्ञाका बेला खाद्यान्न, फलफूल, तरकारी, दुध, ग्याँसका पसलहरु मात्र विहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी तामाङले सूचना जारी गरेका छन् । यसबाहेकका सम्पूर्ण व्ययवसाय बन्द रहनेछ । हेर्नुस् सूचना –

प्रकाशित : २०७८ बैशाख ३०, बिहीबार १६:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ