प्रदेश २ मा माओवादीले कादरीलाई बनायो साँसद


टुडेखोज, जनकपुरधाम : प्रदेश २ मा नेकपा माओवादी केन्द्रले पर्साकी पशमीना कादरीलाई साँसद बनाएको छ ।

नेकपा एमालेमा प्रवेश गरेका चार साँसदलाई पदमुक्त गरेपछि खाली गरेको समानुपातिक कोटामा कादरीलाई साँसद बनाइएको हो । उनलाई आज प्रदेश २ का सभामुख सरोज कुमार यादवले शपथ ग्रहण गराएका छन् ।

नेकपा एमालेमा प्रवेश गरेका साँसदहरु रामचन्द्र मण्डल, ज्वाला कुमारी साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरलाई माओवादी केन्द्रले पदमुक्त गरेको थियो । समानुपातिक साँसद समीरको ठाउँमा कादरीलाई निर्वाचित गरिएको माओवादी केन्द्र प्रदेश २ का प्रमुख सचेतक दिलिप साहले जानकारी दिए ।

उनका अनुसार साँसद भएकी कादरी विरगञ्ज महानगरपालिका वडा नम्बर १२ की छन् । उनी पार्टीमा एकदमै सक्रिय भएकाले साँसद बनाइएको छ ।

प्रकाशित : २०७८ बैशाख ३०, बिहीबार २०:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ