धनुषाका एक वडाध्यक्षको निधन, कोरोनाको आशंका


टुडेखोज, जनकपुरधाम : कोरोनाको लक्षण देखिएका एक वडाध्यक्षको उपचाको क्रममा जनकपुरमा निधन भएको छ । धनुषाको मिथिला विहारी नगरपालिका ५ का वडाध्यक्ष बिनोद कुमार मण्डलको निधन भएको हो ।

जनकपुरको जिरोमाइलस्थित चन्द्रकला अस्पतालमा वडाध्यक्ष मण्डलको गएराति निधन भएको स्थानीय दिपन ठाकुरले बताए । उनका अनुसार मण्डल विगत ६/७ दिनदेखि विरामी थिए । उनलाई ज्वरो लागेको थियो । घरमै उपचाररत उनको अवस्था बिग्रेपछि अस्पताल लगिएको र उपचारकै क्रममा निधन भएको छ ।

नगरपालिकाले एउटा होनहार समाजसेवी बुद्धिजीवी तथा शिक्षाप्रेमी गुमाएको भन्दै त्यहाँका स्थानीयले सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिइरहेका छन् । उनी तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा)बाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित : २०७८ बैशाख ३१, शुक्रबार ११:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ