सिरहा : कोरोना कहरले विद्यालय बन्द, छात्रालाई साइकल बाँड्दै मुख्यमन्त्री


गणेश साह, सिरहा : कोरोना कहरले देश संकटमा छ । विद्यालयहरु बन्द छ । तर प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले छात्रालाई साइकल वितरण अभियान जारी राखेका छन् ।

शुक्रवार सिरहाको गोलबजार नगरपालिका ४ स्थित जनता माध्यमिक विद्यालय (प्राविधिक)को कक्षा ८ की छात्रालाई साइकल वितरण गरिएको छ । मुख्यमन्त्री कार्यालयले बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत साइकल विद्यालयमा पठाएपछि स्थानीय नेताहरुले वितरण गरेका हुन् । ४७ छात्रालाई साइकल वितरण गरिएको छ ।

साइकल वितरण समारोहमा जसपा गोलबजारका नगर अध्यक्ष सजिंव यादव, जसपा नेता रामनरायण यादव, बिक्रम महरा र शिक्षकहरु सहभागी थिए । साइकल वितरणको तस्विर सामाजिक सञ्जालमा बाहिरिएपछि मुख्यमन्त्री राउतको चारैतीर आलोचना भइरहेको छ ।

कोरोना रोकथाम र संक्रमितको उपचारका लागि केहि गर्न नसकेको बेला साइकल वितरण गर्न लगाएर मुख्यमन्त्री गैरजिम्मेवार बनेको धेरैले आरोप लगाएका छन् । प्रदेश २ अहिले कोरोनाको हटस्पट बनेको छ । तर प्रदेश सरकारले न औषधी, न उपचार, न कोरोना रोकथामका लागि आवश्यक तयारी गरेको छ ।

प्रकाशित : २०७८ बैशाख ३१, शुक्रबार २०:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ