पूर्वमन्त्री राजकिशोर यादवलाई पितृशोक


टुडेखोज, सिरहा : पूर्व सञ्चारमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का नेता राजकिशोर यादवलाई पितृशोक परेको छ । उनका पिता गंगाराम यादवको ८६ वर्षको उमेरमा निधन भएको हो । सिरहाको नरहा गाउँपालिका ३ घर भएका यादव पूर्व प्रधानपञ्च थिए ।

यादवको निधन भएकोमा जसपा अध्यक्ष महन्थ ठाकुरले शोक सन्देश जारी गरेर हार्दिक सम्वेदना तथा श्रद्धाञ्जली प्रकट गरेका छन् । ‘शोक सन्तप्त परिवारमा धैर्य धारण गर्न तथा मृत आत्माको चीर शान्तिको लागि इश्वरसँग प्रार्थना गर्दछौं’, जारी सन्देशमा उल्लेख छ ।

प्रकाशित : २०७८ बैशाख ३१, शुक्रबार २०:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ