कोरोना भाइरसबाट बाँच्न यि ५ पेयपदार्थ खानुस्


एजेन्सी : पछिल्लो समय विभिन्न प्रकारका संक्रमण बढिरहेको हुँदा यस्ता संक्रमणबाट बच्न विभिन्न प्रकारका घरेलु उपायहरु अपाउनुपर्छ । घरेलु खानेकुराहरुले रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि मद्दत गर्छ । सही पोषक तत्वको आपूर्तिले रोग प्रतिरोधात्मक क्षमता, एन्टिबडिज रोगहरु र संक्रमणसँग लड्न मद्दत गर्छ । कोरोना भाइरसको महामारीका कारण हाम्रो दैनिक जीवनमा रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुराहरु खाने गर्नुपर्छ । त्यसका लागि केही यस्ता पेयपदार्थहरु बनाएर पिउने गर्नुपर्छ ।

तरबुजाको जुस : तरबुजामा अत्यधिक मात्रामा पानी हुने भएकाले यसले शरीरमा पानीको कमि हुन दिँदैन । यसले शरीरलाई डिटाक्सिफिकेशन गरेर रगत सफा गर्ने काम गर्छ । यसले कलेजोमा भएको रगत शुद्ध गर्ने, विषाक्त पदार्थ बाहिर फ्याँक्ने काम गर्छ । यसको जुसमा हुने पोषक तत्वहरु भिटामिन ए, सी र म्याग्नेशियम हुन्छ । यसले मांसपेशी दुख्ने र फ्लुको खतराबाट बचाउँछ ।

टमाटरको जुस : टमाटरको ताजा जुसमा फोलेट हुने भएकाले यसले संक्रमणको खतराबाट बचाउँछ । यसमा विभिन्न प्रकारका भिटामिन, मिनरल र शक्तिशाली एन्टिअक्सिडेन्ट हुने भएकाले यसले स्वास्थ्य सम्बन्धी फाइदा पुर्याउँछ ।

अमिलो फलफूलको जुस : अमिलो फलफूल भिटामिन सीको स्रोत हो । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यस्तो पेयपदार्थले सेतो रक्तकोशिकाहरुको उत्पादनमा बृद्धि गर्छ । यसले शरीरमा संक्रमण र भाइरलबाट बचाउँछ ।

लौकाको जुस : लौकाको बिउको जुसमा जिंक, म्याग्नेशियम र फाइबर अधिक मात्रामा हुने भएकाले यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

राता फलफूलको जुस : चुकन्दर, गाजर, स्याउ जस्ता फलफूलमा पोषक तत्व भरपुर मात्रामा पाइन्छ । यस्ता फलफूलको जुसले विभिन्न प्रकारका फ्लुबाट बचाउँछ ।

प्रकाशित : २०७८ जेष्ठ १, शनिबार ०९:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ