जसपा अध्यक्ष उपेन्द्र यादव पक्षको बैठक बस्दै, यस्तो छ एजेण्डा


काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफू पक्षधर कार्यकारिणी सदस्य र सांसदहरूले अनौपचारिक बैठक बोलाएका छन् । जसपामा आफूहरु बहुमतमा रहेको दाबी गर्दै आएका अध्यक्ष यादवले अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा बहुमत सांसद उभिएपछि आफ्नो समूहको बैठक बोलाएका हुन् ।

आजको बैठकमा राजेन्द्र महतोलाई संसदीय दलको नेताको रूपमा चयन गरिएको समाचारलाई खण्डन गर्ने मुख्य एजेण्डा रहेको जसपा स्रोतले जनाएको छ । बहुमत कार्यकारिणी सदस्यको उपस्थितिमा ओली सरकारमा कुनै हालतमा नजाने र ओली सरकारलाई विश्वासको मत पनि नदिने कुरामा बैठकमा छलफल हुने तयारी रहेको छ ।

यादव समूहको बैठकमा आफ्नो पक्ष छोडेर महन्थ–राजेन्द्र पक्षमा लागेका २ जना प्रत्यक्ष निर्वाचित सांसद बिमल श्रीवास्तव र उमाशंकर अरगरिया तथा २ समानुपातिक सांसद रूही नाज र कलुदेवी विश्वकर्मालाई अनुशासनको कारबाही गर्ने बारे पनि छलफल हुने स्रोतले जनाएको छ । यसअघि, बराबर सांसद रहेको भनिएपनि अहिले यादव पक्ष अल्पमतमा देखिएको छ ।

प्रकाशित : २०७८ जेष्ठ १, शनिबार १२:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ