सिरहा : मोटरसाइकलमा सल बेरिएर दुर्घटना, महिलाको मृत्यू


टुडेखोज, लहान : सिरहाको औरही गाउँपालिका १ हरकट्टीदेखि पोखरीया जाने क्रममा मोटरसाइकलमा सल बेरिँदा एक महिलाको मृत्यू भएको छ । स १० प ४५२२ नम्बरको मोटरसाइकलमा सवार महिलाको मृत्यू भएको हो ।

मोटरसाइकलको चक्कामा सल बेरिँदा घाँटी थिचिएर महिलाको मृत्यु भएको प्रहरी चौकी औरहीले जनाएको छ । मृतक महिलाको भने पहिचान खुल्न सकेका छैन । महिलाको साथमा बच्चा पनि मोटरसाइकलमा सवार थिए । तर बच्चा भने सुरक्षित रहेको बताइएको छ ।

प्रकाशित : २०७८ जेष्ठ १, शनिबार १३:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ