जनकपुरको सडकमा हिड्दा हिड्दै एक पुरुषको मृत्यू


टुडेखोज, जनकपुरधाम : हिड्दा हिड्दै सडकमै एक पुरुषको मृत्यू भएको छ । जनकपुरधामको मिल्स एरिया चोकस्थित सडकमै अन्दाजी ४० वर्षीय पुरुषको मृत्यू भएको हो ।

यो घटना शनिवार दिउँसोको हो । मृतक पुरुष जनकपुरधाम उपमहानगरपालिका १ का शत्रुधन सदाय रहेको प्रहरीले जनाएको छ । मदिरा सेवन गर्ने गरेको र खाना समेत नखाने गरेका कारण कमजोरीले उनको मृत्यू भएको हुनसक्ने आफ्न्तले बताएका छन् ।

मृतक सदाय प्लाष्टिक संकलन गर्ने व्यक्ति भएको बुझिएको छ । सडकबाट उनको शव आफ्न्तले लगेका छन् ।

प्रकाशित : २०७८ जेष्ठ १, शनिबार २०:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ