कोरोनाबाट जनता टाइम्सका सम्पादक कार्कीको निधन


काठमाडौं : कोरोना संक्रमणबाट जनताटाइम्स डटकमका सम्पादक शान्तिराम कार्कीको निधन भएको छ । दुई सातादेखि काठमाडौंको स्वयम्भुस्थित मनमोहन मेमेरियल अस्पतालमा उपचाररत सम्पादक कार्कीको शनिवार राति निधन भएको हो ।

बिगत डेढ दशकेखि पत्रकारितामा सक्रिय कार्कीले जनताटाइम्स डटकमको स्थापनाकालदेखि हालसम्म सम्पादक थिए । प्रेस चौतारी नेपालका केन्द्रीय कमिटी सदस्य कार्की खोजी समाचारप्रति निकै रुची राख्थे । २०४४ साल मंसिरमा झापाको डोरामारीमा जन्मुनुभएका सम्पादक कार्की सौर्य दैनिकमा समेत आवद्ध थिए ।

सम्पादक कार्की नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाका अध्यक्ष पनि थिए । पछिल्लो समय संक्रमित हुने पत्रकारहरुको संख्या बढेको छ । प्रदेश २ मा पनि दुई पत्रकारको निधन भइसकेको छ ।

प्रकाशित : २०७८ जेष्ठ २, आईतवार १०:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ