जनकपुरमा कोरोनाले रेकर्ड बनायो, एकैदिन २१८ जनामा संक्रमण पुष्टि


टुडेखोज, जनकपुरधाम : प्रदेश २ को अस्थायी राजधानी समेत रहेको जनकपुरमा कोरोनाले नयाँ रेकर्ड बनाएको छ । सोमवार मात्रै धनुषामा २१८ जनामा कोरोना पुष्टि भयो । जसमध्ये १ सयभन्दा बढी जनकपुरकै छन् ।

जनकपुरसहित प्रदेश २ का सबै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । तर सर्वसधारणले निषेधाज्ञाको अवज्ञा गर्दा कोरोना संक्रमण तीब गतिमा बढीरहेको छ । जनकपुरमा पछिल्लो केहि दिनदेखि निरन्तर संक्रमितको ग्राफ बढेपनि सर्वसधारण स्वास्थ्य मापदण्ड पालना गरेको देखिदैन ।

जनकपुरबासी अझै सचेत भएन भने अवस्था झन भयावह बन्ने सम्भावना बढेको छ । अस्पतालमा बेड छैन, अक्सिजनको हाहाकार छ, यो यर्थात जानेर पनि सर्वसधारण स्वास्थ्य मापदण्डको पालना नगर्नु दुःखद भएको स्वास्थ्य विज्ञहरु बताउँछन् । सोमवार धनुषामा कहाँ कति संक्रमित भेटिए ? हेर्नुस् पुरा डिटेल :

प्रकाशित : २०७८ जेष्ठ ३, सोमबार २०:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ