सप्तरीमा कोरोनाबाट उपमेयर चौधरीको निधन


टुडेखोज, जनकपुरधाम : कोरोना संक्रमणबाट सप्तरीमा एक उपमेयरको निधन भएको छ । सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको आज विहान विराटनगरस्थित एक अस्पतालमा निधन भएको हो ।

कोरोना संक्रमित भएपछि उनी अस्पताल भर्ना भएकी थिइन् । उनको शव अहिले अस्पतालमै छ । सरकारले तोकेको मापदण्डको पालना गरी नगरपालिकामै उनको शव व्यवस्थापन गरिने बुझिएको छ । उनको निधनले गाउँबासी स्तब्ध बनेका छन् ।

प्रकाशित : २०७८ जेष्ठ ४, मंगलवार ०८:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ