बारामा मदरसा नजिकै नाबालक दाई- भाईको हत्या


जनकपुरधाम : बारामा दुई नाबालकको विभत्स तरिकाले हत्या गरिएको अवस्थामा शव फेला परको छ । कलैया नगरपालिका ७ का ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अहमान अन्सारीको हत्या भएको हो । उनी दुबै सहोदर दाइ–भाइ हुन् ।

सोमबार साँझदेखि हराइरहेका उस्मान र अहमान मंगलबार बिहान निर्माणाधीन स्थानीय मदरसामा मृतअवस्थामा फेला परेका प्रहरीले जनाएको छ । मृतकका बुवा वैदेशिक रोजगारका क्रममा कतारमा रहेको बुझिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले जनाएअनुसार धारिलो हतियार प्रयोग गरेर दुबै बालकको हत्या गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी धिरज प्रताप सिंहले जानकारी दिए ।

प्रकाशित : २०७८ जेष्ठ ४, मंगलवार १०:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ