जसपा दल नेतामा महतो निर्वाचित भएको पत्र संसद सचिवालयमा दर्ता


काठमाडाैं : जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेतामा राजेन्द्र महतो निर्वाचित भएको जानकारी संघीय संसद सचिवालयमा दर्ता भएको छ ।

अध्यक्ष महन्थ ठाकुरले सचिवालयका महासचिवलाई पत्राचार गर्दै महतो दल नेता निर्वाचित भएकाबारे मंगलवार जानकारी दिएका हुन् । अध्यक्ष ठाकुरले पठाएको पत्र सचिवालयमा दर्ता भइसकेको छ । अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले भने नेता चयनको एकलौटी निर्णय मान्य नहुने जनाउँदै आएको छ ।

प्रकाशित : २०७८ जेष्ठ ४, मंगलवार १५:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ