भारतीय चक्रवातको प्रभाव : देशभर वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना


काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणाली र भारतको गुजरातको आसपासमा रहेको चक्रवात ताउ–तेको प्रभाव छ । जसका कारण बुधबार बिहान प्रदेश १ र प्रदेश २ मा मौसम आंशिक बदली रहेको छ । बाँकी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ ।

कर्णाली र सुदूर पश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार दिउँसो देशभर मौसम बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेश र बाँकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ ।

यस्तै, सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना छ।महाशाखाले जनाएअनुसार राति देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहनेछ ।

सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेश र बाँकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित : २०७८ जेष्ठ ५, बुधबार ०७:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ