कोरोनाः अग्रज पत्रकार चौधरीको निधन


टुडेखोज, रूपन्देही : कोरोनाभाइरसको संक्रमणबाट रूपन्देहीका पत्रकार हिक्मत चौधरीको निधन भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान ३ बजे उनको निधन भएको हो ।

दुई साताअघि उनी संक्रमणमा परेका थिए । पत्रकार महासंघको निवर्तमान कार्यसमितिको सदस्य रहेका उनी रेडियो लुम्बिनीमा कार्यरत रहेका थिए । तिलोतमा ५ मणिग्राम निवासी ६१ वर्षीय चौधरी दुई दशकदेखि पत्रकारितामा क्रियाशील थिए ।

चौधरीका ४ छोरी, २ छोरा र श्रीमती छन् । पछिल्लो समय कोरोनाको उच्च जोखिममा फ्रन्टलाइनमा बसेर काम गर्ने पत्रकार परेको छ । प्रदेश २ मा पनि दुई पत्रकारको ज्यान कोरोनाभाइरसले गइसकेको छ ।

प्रकाशित : २०७८ जेष्ठ ५, बुधबार ०९:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ