सप्तरी : पोखरीमा डुबेर एक युवती र एक बालिकाको मृत्यू


टुडेखोज, सप्तरी : पोखरीमा डुबेर एक युवती र एक बालिकाको मृत्यू भएको छ । कञ्चनरुप नगरपालिका ९ का रामकृष्ण सरदारकी २० वर्षीया छोरी कुन्ती र सोही ठाउँका इन्दल सरदारकी १२ वर्षीया छोरी रोशनीको डुबेर मृत्यू भएको हो ।

घर नजिकैको पोखरीमा डुबेको बताइएको छ ।पोखरीबाट निकालेर दुवैको शव राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ । पोष्टमार्टम भने बिहीवार मात्र हुने प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ जेष्ठ ५, बुधबार १९:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ