कोरानाः एमालेका पूर्वसाँसद धनुषाका योगनारायण यादवको निधन


सिबेन्द्र रोहिता, जनकपुरधाम : कोरोनाभाइरसको संक्रमणले धनुषा घर भएका एक पूर्वसाँसदको निधन भएको छ । एमालेका केन्द्रीय नेता तथा पूर्व साँसद योगनारायण यादवको निधन भएको हो ।

काठमाडौंको एक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको बुझिएको छ । ५२ वर्षीय उनी धनुषा सबैलाका हुन् । एमाले अध्यक्ष केपीशर्मा ओलीसँग उनी नजिक थिए । उनको निधनले एमाले धनुषा स्तब्ध बनेको जनाएको छ ।

प्रकाशित : २०७८ जेष्ठ ६, बिहीबार ०८:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ