जनकपुरमा पनि भारतीय चक्रवातको असर, वर्षा जारी


टुडेखोज, जनकपुरधाम : भारतको विभिन्न स्थानमा उतपात मच्चाएको शक्तिशाली चक्रवात ‘ताउ–ते’को प्रभाव जनकपुरसहित नेपालका विभिन्न भागमा परेको छ ।

सो चक्रवातको असरले जनकपुरमा बुधवार राति अचानक मौषम बदलियो । केहिबेर वर्षा पनि भयो । त्यसपछि फेरी आज विहानैदेखि जनकपुरसहितका क्षेत्रमा जारी छ । वर्षाले जनजीवन प्रभावित बनाएको छ । हुन त जनकपुरमा निषेधाज्ञा छ । यद्दपी विहान ९ बजेसम्म खुल्ने भनिएको अत्यावश्यक पसलहरु समेत वर्षाका कारण खुलेको देखिएन ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले पनि भारतीय चक्रवातको असरले मुलुकको विभिन्न स्थानमा भारीदेखि मध्यम वर्षा हुने जनाएको छ । भारतमा चक्रवातले लाखौं मानिस विस्थापित भएका छन् भने कैयौंको ज्यान गएको छ ।

प्रकाशित : २०७८ जेष्ठ ६, बिहीबार ०९:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ