सिरहा : अपहरण–हत्यामा संलग्न तीनजना पक्राउ


टुडेखोज, सिरहा : सिरहा प्रहरीले अपहरण–हत्यामा संलग्न तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बरियारपट्टी गाउँपालिका ४ तेनुवापट्टीका ३९ वर्षीय जयराम साह, सोही ठाउँका ३२ वर्षीय हरेराम साह र ४७ वर्षीय शैलेन्द्र साह रहेका छन् ।

उनी तीनैजनाले बरियारपट्टी गाउँपालिका ४ सोहपुरका अनिषकुमार सिंहको अपहरणपश्चात हत्या गरी फरार रहेको थिए । यो घटना २०७५ वैशाख २९ गतेको हो । तर घटनामा संलग्न उनी तीनजना आज पक्राउ परेको सिरहा प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय ल्याएको छ । उनीहरुमाथि आवश्यक कारबाही अगाडी बढाएको प्रहरी नायब उपरीक्षक (डिएसपी) शालिग्राम शर्माले जानकारी दिए ।

प्रकाशित : २०७८ जेष्ठ ६, बिहीबार १६:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ