राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित, बादल पराजीत


काठमाडौं : राष्ट्रिय सभामा बागमती प्रदेशको तर्फको रिक्त एक पदका लागि भएको उपनिर्वाचनमा डा. खिमलाल देवकोटा निर्वाचित भएका छन् । उनले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई पराजीत गरेका हुन् ।

निर्वाचनमा देवकोटाले ५०८८ मत पाप्त गरेका छन् । थापा एमालेको संस्थापन पक्षको उम्मेद्वार थिए । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एमालेको विरष्ठ नेता माधवकुमार नेपाल समूहको समर्थन थियो ।

थापा सर्वोच्च अदालतले माओवादी र एमालेलाई छुट्टाछुट्टै पार्टी बनाइदिएपछि एमालेतर्फ लाग्नुभएको थियो । माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य निर्वाचित थापा एमाले प्रवेश गरेपछि कारबाहीमा परेको थियो ।

माओवादी केन्द्रले कारबाही गरेपछि उनको राष्ट्रियसभा सदस्य पद गएको थियो । त्यही ठाँउमा भएको बिहीबार भएको उपनिर्वाचनमा एमालेको सस्थापनले थापालाई नै उम्मेदवार बनाएको थियो । एमालेकै नेता नेपाल समूहले डा. देवकोटा र नेमकिपाका कृष्णप्रसाद तामाङ उमेदवार बने । ३४८ मतदाता रहेको उपनिर्वाचनमा ३३८ जनाले मात्र मतदान गरेका थिए ।

बागमतीमा तीन प्रदेश सभा सदस्य रहेको विवेकशील साझाले नो भोटको अधिकार माग गर्दै भोट नहाल्ने निर्णय नै गरेको थियो । थापालाई गृहमन्त्रीका रूपमा काम नगराउन सर्वोच्च अदालतले बिहीबारमात्रै अन्तरिम आदेश दिएको थियो ।

प्रकाशित : २०७८ जेष्ठ ६, बिहीबार १७:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ