जानकी नवमी : जानकी मन्दिरमा कसले चढाए सवा किलो सुन


टुडेखोज, जनकपुरधाम : कोरोना महामारीका कारण यसवर्ष पनि जानकी नवमी प्रभावित भयो । यद्दपी जानकी मन्दिरमा सिमित साधुसन्तहरुले जानकी नवमी मनाएका हुन् ।

जानकी नवमीको अवसरमा महन्थ रामतपेश्वर दास र एक महिलाले सुन चढाएको बुझिएको छ । महन्थ दासले १ किलो र निर्मला देवी नामकी महिलाले २५० ग्राम सुन चढाएकी हुन् । मनोकांक्षा पुरा भएपछि मन्दिरमा सुन चढाउने चलन छ ।

कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि अहिले धनुषामा निषेधाधज्ञा जारी छ । त्यसैले मन्दिर पुगेर जानकी नमवी मनाउनबाट श्रद्धालुहरु बञ्चित भएका छन् । महन्थ दासले घरमै माता जानकीको प्रार्थना गर्न अपिल गरेका हुन् ।

आज विहान मात्रै यस प्रदेशमा मुख्यमन्त्री लालबाबु राउतले शुभकामना सन्देश जारी गरे । उक्त सन्देशमार्फत घरमै बसेर कोरोना महामारी अन्त्यका लागि माता जानकीसँग प्रार्थना गर्न अपिल गरेका थिए । तस्विर : द रियल समाचार अनलाइनबाट

प्रकाशित : २०७८ जेष्ठ ६, बिहीबार १८:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ