कोरोना अन्त्यका लागि जनकपुरमा ‘महामृत्युन्जय जप’ सुरु


टुडेखोज, जनकपुरधाम : कोरोना महामारी अन्त्यका लागि श्री श्री १०८ श्री सुरज बाबाले महामृत्युन्जय जप सुरु गरेका छन् । जनकपुरधाम ७ स्थित कैथबनिया कुट्टीमा बाबाले बिहीवारबाट जप गरेका हुन् ।

महामृत्युन्जय जपका लागि वडाध्यक्ष जानकी राम साहले संयोजन गरिरहेका छन् । महामृत्युन्जय जप सुरु गरेका बाबाले कोरोना महामारी अन्त्य हुने विश्वास व्यक्त गरे । उनले भगवानले सबैको रक्षा गर्ने पनि बताएका छन् ।

मन्दिरमा मास्क विना प्रवेश निषेध गरिएको छ । आर्थिक सहयोग गर्न चाहने व्यक्तिलाई मन्दिरमा सम्पर्क गर्न राष्ट्रिय यूवा संघ नेपालका केन्द्रीय सदस्य रोशन कर्णले अपिल गरेका छन् ।

प्रकाशित : २०७८ जेष्ठ ७, शुक्रबार ०९:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ