भन्सार एजेन्टको लिखित परीक्षा स्थगित, हेर्नुस् सूचना


काठमाडौं : भन्सार विभागले रिक्त रहेको भन्सार एजेन्ट पद पूर्तिका लागि पूर्वनिर्धारित लिखित परीक्षा स्थगित गरेको छ । कोरोना महामारीलाई मध्यनजर गर्दै विभागले परीक्षा स्थगित गरेको शुक्रवार जनाएको छ ।

यसअघि आगामी जेठ २२ गतेका लागि भन्सार एजेन्टको लिखित परीक्षाको मिति तोकिएको थियो । अब परीक्षा कहिले हुन्छ भन्ने अनिश्चित छ । निषेधाज्ञा लम्बिँदै गएमा यो परीक्षाको समय पनि लम्बिँदै जाने छ । विभागले परीक्षा सञ्चालन हुनु १५ दिन अगाडि सूचना निकालेर परीक्षाको मिति तोकिने जनाएको छ । यस्तो छ सूचना

प्रकाशित : २०७८ जेष्ठ ७, शुक्रबार १०:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ