उपेन्द्र र माधवको सहयोगमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्दै


टुडेखोज, जनकपुरधाम : नेकपा एमालेका असन्तुष्ट बरिष्ट नेता माधव नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षको सहयोगमा काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने भएका छन् ।

काँग्रेस सभापति देउवालाई माओावदी केन्द्रले पनि सहयोग गर्नेछ । देउवाले माओवादी, माधव नेपाल पक्ष र उपेन्द्र यादव पक्षका साँसदसहित १४९ साँसदको हस्ताक्षर संकलन गर्न सफल भएका हुन् । उनले सरकारको दावी गर्न राष्ट्रपति कार्यालय शिलत निवास पुगेका छन् ।

माधव नेपाल पक्षका २७ साँसदले हस्ताक्षर गरेको बुझिएको छ । प्रधानमन्त्री केपी ओलीले अर्को कुनै नयाँ खेल नखेलेमा काँग्रेस सभापति देउवा प्रधानमन्त्री बन्ने निश्चित छ । देउवालाई भने जसपाकै महन्थ ठाकुर पक्षले सहयोग नगर्ने निर्णय गरिसकेको छ ।

प्रकाशित : २०७८ जेष्ठ ७, शुक्रबार १५:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ