प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मंसिर ३ मा चुनाव गराउने सरकारको निर्णय


काठमाडौं । संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार गठन हुन नसकेपछि संवैधानिक रुपमै प्रतिनिधिसभा भंग भएको छ ।

राष्ट्रपतिबाट केपी शर्मा ओली र शेरवहादुर देउवा दुवैजनाको वहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने विज्ञप्ति जारी गरेपछि बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा भंग गरी नयाँ निर्वाचनको मिति तोकेको छ । सरकारले प्रतिनिधिसभाको निर्वाचनका लागि कात्तिक २६ र मंसिर ३गतेको मिति तोकेर राष्ट्रपति समक्ष सिफारिस गरिएको सरकारका प्रवक्ता पार्वत गुरुङले बताए ।

यता राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको कदमको विरोध सुरु भइसकेको छ । कांग्रेस र माओवादी नेताहरु विरोध गरेका गरिरहेका छन् ।

प्रकाशित : २०७८ जेष्ठ ८, शनिबार ०१:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ