सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हाले


काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति र प्रधानमन्त्रीको निर्लज्ज कामको प्रतिरोध गर्न आव्हान गरेका छन् । नेता थापाले सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेकोप्रति आक्रोश पोख्दै प्रतिरोध गर्न आव्हान गरेका हुन् ।

‘महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै रोकिने वाला छैनन्’ थापा टुईटरमा लेख्नुहुन्छ, ‘नेतागण ! न अलमलिउँ,खुट्टा नकमाऔं, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं ।’ उनले खड्ग ओली र विद्या भण्डारीलाई संविधान र संसद विघटन मन नपरेको बताउदै उनीहरुको मिसन मिसन त संसद र संविधानको हुर्मत लिनु मात्र भएको आरोप लगाए ।

उनी लेख्छन्, ‘खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो, न संसद ! विघटन,पुनर्थापित संसदको अपमान, विश्वासको मतको नाटक,७६ (३)को सरकार गठन, विश्वास लिनुको सट्टा ७६ (५)को आव्हान,अनुकुल नभएपछि फेरी विघटन ! कस्तो सेटिङ ! प्रकृया त देखाउन मात्र थियो, यीनको मिसन त संसद र संविधानको हुर्मत लिनुथियो, लिए ।’

प्रकाशित : २०७८ जेष्ठ ८, शनिबार १०:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ