देशलाई दुर्घटनातर्फ धकेल्नेलाई जनताले क्षमा गर्ने छैनन् : पूर्वराजा


काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुले सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटनातर्फ धकेल्ने प्रयास गरेको टिप्पणी गरेका छन् ।

उनले देशलाई दुर्घटनातर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा नगर्ने बताएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि विरोध भइरहेका बेला पूर्वराजा शाहले उनीहरुलाई जनताले क्षमा नगर्ने चेतावनी दिएका छन् ।

पूर्वराजा शाहले ट्वीटरमा लेखेका छन्, ‘यस वैश्विक महामारीको संकटका बेला जनदायित्वबाट पन्छिनका लागि असामयीक राजनैतिक जालझेल सिर्जना गरी, जनताको स्वास्थ्य जस्तो गम्भिर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटनातर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्ने छैनन् ।’

प्रकाशित : २०७८ जेष्ठ ८, शनिबार १३:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ