जसपा उपेन्द्र पक्षले महन्थसहित चार नेतालाई कारबाही गर्न स्पष्टिकरण सोध्ने


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले बमहुत पक्षले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतामाथि कारबाही थालेको छ ।

उपेन्द्र यादवको अध्यक्षमा बहुमत केन्द्रीय कार्यसमितिको बैठकले अध्यक्ष ठाकुरसँगै वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई विधान अनुसार कारबाही प्रक्रिया थाल्ने निर्णय गरेको हो । विधानअनुसार स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआए निलम्बन र निस्कासन गर्नेसम्म कारबाही हुने नेताहरुले बताएका छन् ।

यसअघि महन्थ ठाकुर पक्षले उपेन्द्र यादवसहित १२ सांसदलाई कारबाही गर्ने भनेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र पठाएका थिए ।

प्रकाशित : २०७८ जेष्ठ ८, शनिबार २२:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ