प्रदेश २ : एक मन्त्री र तीन राज्यमन्त्रीलाई हटाउन अध्यक्ष यादवको निर्देशन


टुडेखोज, जनकपुरधाम : प्रदेश २ सरकारबाट एक मंत्री र तीन राज्यमंत्रीलाई हटाउने तयारी थालिएको छ । तत्कालिन राजपाबाट भौतिक पूर्वाधार विकास मंत्री बनेका जितेन्द्र सोनललाई हटाउन जसपा अध्यक्ष उपेन्द्र यादवले मुख्यमंत्री लालबाबु राउतलाई निर्देशन दिएको स्रोतको दावी छ ।

यस्तै तत्कालिन राजपाबाटै उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमंत्री सुरेश मण्डल, सामाजिक विकास राज्यमंत्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमंत्री डिम्पल झालाई पनि हटाउने भएको छ । राज्यमंत्री झा नेता अनिल झाकी पत्नी हुन् ।

प्रदेश २ मा तत्कालिन राजपाबाटै मन्त्री बनेका रामनरेश राय यादव र नवलकिशोर साहको पद भने जोगिएको छ । अध्यक्ष उपेन्द्र यादव समुहमा लागेकाले उनीहरुको पद जोगिएको बताईएको छ । दुबै मंत्री शनिवारको कार्यकारिणी समितिको बैठकमा सहभागी भएका थिए ।

प्रकाशित : २०७८ जेष्ठ ९, आईतवार ०८:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ