सर्लाहीमा अत्यावश्यक समानका पसलहरु ३ घण्टा खोल्न दिने


टुडेखोज, जनकपुरधाम । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको समय सर्लाही प्रशासनले पनि बढाएको छ । जेठ १७ गतेसम्म निषेधाज्ञाको समय बढाएको हो ।

कोरोना संक्रमण दर नघटेकाले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञाको समय बढाएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए । उनका अनुसार निषेधाज्ञाको बेला विहान ७ बजदेखि १० बजेसम्म अत्यावश्यक पसलहरु सञ्चालन गर्न दिने निर्णय भएको छ ।

खाद्यान्न, फलफूल, तरकारी, दुध/दही, ग्याँस पसललाई अत्यावश्यक भनिएको छ । यि पसलहरु बाहेक अन्य सबै बन्द राख्न प्रशासनले निर्देशन दिएको छ । विवाहका लागि दुई वटा गाडीमा १५ जनासम्मलाई चढ्न पनि छुट दिइएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोनाभाइरसबाट सर्लाहीमा हालसम्म ३८ जनाको मृत्यू भएको छ । अहिले यस जिल्लामा १९२ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १८६ विरामी घरमै बसेको बताइएको छ ।

प्रकाशित : २०७८ जेष्ठ १०, सोमबार ०८:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ