जनकपुरमा निषेधाज्ञा नौटंकी मात्र, भीडले सडक जाम, हेर्नुस् फोटोहरु


टुडेखोज, जनकपुरधाम : धनुषामा स्थानीय प्रशासनले कोरोना रोकथाम तथा नियन्त्रण गर्ने नाममा निषेधाज्ञाको नौटंकी गरेको छ । नामको लागि मात्र निषेधाज्ञा जारी भएको देखिन्छ । बजार खुल्ला छ । सवारी साधन समेत निर्वाध रुपमा चलिरहेको छ ।

सरकारले तोकेको स्वास्थ्य मापदण्डको धज्जी उडाएको छ । व्यवसायीले प्रहरी आएपछि बन्द गर्छन्, तर हिँडेपछि पसल सञ्चालन गर्छ । कोरोना महामारी सम्बन्धित जनचेतना जगाउन नसकेका कारण पनि निषेधाज्ञाको पालना सर्वसधारणले गरिरहेका छैन । यही कारणले कोरोना संक्रमण भने झन झन बढ्दै गएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको लापरबाहीले निषेधाज्ञा नौटंकी सावित भएको सरकारी अधिकारीहरु नै बताउँछन् । यतिसम्म लापरबाही कि उनले पत्रकारबाट टाढा भोग्छन् । फोनसम्म रिसिभ गरिरहेका छैन । कतिपय सरकारी अधिकारीले नै सिडिओलाई फोन नउठाउने रोग लागेको व्यङ्ग्य गर्छन् ।

प्रकाशित : २०७८ जेष्ठ १०, सोमबार ०९:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ