नागरिकता अध्यादेशविरुद्ध सर्वोच्चमा रिट निवेदश पेश


काठमाडौं : राष्ट्रपतिबाट जारी भएको नागरिकता अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ । रिट निवेदक विरभद्र जोशीले अध्यादेश खारेजीको मागसहित रिट निवेदन पेश गरेका हुन् ।

अहिले रिट दर्ताको प्रक्रियामा रहेको छ । अध्यादेशमा विदेशमा विवाह भएकी नेपालकी छोरीको सन्तानले पनि नागरिकता पाउने व्यवस्था छ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेको थियो ।

गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले शपथ सम्बन्धी अध्यादेश, कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशसँगै नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश पनि सिफारिस गरेको थियो ।

प्रकाशित : २०७८ जेष्ठ १०, सोमबार १५:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ