गौतम बुद्धका अमर वाणीहरु


  • जागा व्यत्तिको रात लामो हुन्छ । थाकेकाको लागि बाटो लामो हुन्छ र धर्म नजान्ने व्यत्तिका लागि जीवन नै लामो हुन्छ ।
  • व्यक्तिले प्रेमले क्रोधलाई, सदाचारले पापलाई, दानले लोभलाई र सत्यले मिथ्या भाषणलाई जित्न सक्छ ।
  • जहाँ प्रेम छ त्यहीँ जीवन छ । जहाँ घृणा छ त्यहाँ विनाश छ ।
  • त्यो वीर होइन जसले हजारौँलाई जित्दछ, त्यो वीर हो जसले मनलाई जित्दछ ।
  • सत्य बोल्नको लागि असत्यको त्याग गर्नुपर्दछ ।
  • अर्काका कमी कमजोरीलाई नहेर । तिनका कर्म अकर्म नहेर । आफ्नै कमीकमजोरी र आफ्नै काम कर्मलाई हेर ।
  • जसमा सत्य छ, शील छ, करुणा छ, संयम छ, शुद्धि छ, बुद्धि छ त्यो वास्तविक बुद्ध हो ।
  • धेरै बोल्नाले कोही पण्डित हुदैन । जो क्षमाशील छ, जो घुणा र भयबाट मुक्त छ त्यसैलाई पण्डित भनिन्छ ।
  • उच्च जीवनस्तर होइन बरु उच्च आचरण सुखको मूल मन्त्र हो ।
  • खाली पेटमा कोही बुद्धिमान बन्न सक्दैन ।
प्रकाशित : २०७८ जेष्ठ १२, बुधबार ०८:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ