कोरोनाबाट सेनाका सहायक रथीको निधन


काठमाडौं । कोरोना भाइरससंक्रमणका कारण नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको निधन भएको छ । सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति रहेका केसीको उपचारकाक्रममा बिहीबार बिहान मृत्यु भएको हो ।

करिब एक महिनाअघि देखि उहाँ सैनिक अस्पताल छाउनीमा उपचाररत हुनुहुन्थ्यो । उहाँलाई स्वास्थ्यमा समस्या भएपछि चारदिन अघिमात्र भेन्टिलेटरमा राखेर उपचार जारी थियो ।

केही महिनाअघिमात्र बंगलादेशबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) गरेर फर्किनुभएका केसी सेनामा व्यवसायिक र अब्बल अधिकृतका रूपमा परिचित हुनुहुन्छ ।

प्रकाशित : २०७८ जेष्ठ १३, बिहीबार १०:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ